+

रियल बेटिसमाथि बार्सिलोनाको सानदार जित, मेसीको ह्याट्रिक

२०७५ चैत  ४ गते ८:०० २०७५ चैत ४ गते ८:००
रियल बेटिसमाथि बार्सिलोनाको सानदार जित, मेसीको ह्याट्रिक

४ चैत, काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रियल बेटिसलाई ४–१ ले हराएको छ । बार्सिलोनाको जितमा कप्तान लियोनल मेसीले ह्याट्रिक गरे ।

अर्को एक गोल लुइस सुवारेजले गरे । घरेलु टोली रियल बेटिसका लागि लोरेन मोरोनले सान्त्वना गोल फर्काए ।

१८ औँ मिनेटमा मेसीको गोलबाट बार्सिलोनाले अग्रता लियो । पहिलो हाफको इन्जुरी समयमा मेसीले दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे ।

दोस्रो हाफ सुरु भएपछि ६३ औं मिनेटमा सुवारेजले अर्को गोल थपेपछि बार्सिलोनाले ३–० को अग्रता लियो । ८२ औं मिनेटमा रियल बेटिसका लोरेन मोरोनले एक गोल फर्काए ।

८५ औं मिनेटमा ह्याट्रिक गोल गरेपछि बार्सिलोना ४–१ ले विजयी भयो । मेस्सीले ला लिगामा गरेको यो ३३ औं ह्याट्रिक हो ।

यो जितसँगै स्पेनिस लिग फुटबलमा बार्सिलोनाले २८ खेलबाट ६६ अंक जोडेको छ । समान खेल खेलेको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा छ । एथ्लेटिको मड्रिडको ५६ अंक छ । ५४ अंकसहित रियल मड्रिड तेस्रो स्थानमा छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय