२५ वैशाख, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को अध्यक्षमा निरञ्जन अधिकारी निर्वाचित भएका छन् । बिहीबार भएको २०औं साधारण सभाबाट अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको हो ।
अध्यक्षमा अधिकारीले प्रकाश तिमिल्सिनालाई पराजित गर्दै निर्वाचित भए । महासचिवमा राजु घिसिङलाई हराएर अन्जन खड्का निर्वाचित भए । सचिवमा अनिल मल्ल ठकुरी निर्वाचित भए । उनले गोविन्दराज नेपाललाई हराए ।
प्रथम उपाध्यक्षमा प्रज्वल ओली, उपाध्यक्षहरूमा सन्जिव शिल्पकार र गोविन्द रेग्मी निर्विरोध निर्वाचित भए भने मुना कार्की कोषाध्यक्षमा र नमिता दाहाल महिला सदस्यमा निर्विरोध चयन भए ।
सदस्यहरूमा रमेश सुवेदी, कविरस शर्मा र अभिनव जोशी निर्वाचित हुँदा भुपेश उपाध्याय र विनय ज्योति सापकोटा मतमा पछाडि रहे ।
प्रतिक्रिया 4