Comments Add Comment

युभेन्टसको अप्रत्यासित हार

३ चैत, काठमाडौं । इटालियन सिरी एमा लिग लिडर युभेन्टसले अप्रत्यासित हार व्यहोरेको छ ।

आइतबार भएको खेलमा जिनोवाले युभेन्टसलाई २–० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा जिनोवाले दुबै गोल दोस्रो हाफको अन्त्यतिर गरेको थियो । ७२ औं मिनेटमा स्टुरारो र ८१ औं मिनेटमा गोरान पाण्डेभले गोल गरेका थिए ।

हारका बाबजुद युभेन्टस २८ खेलबाट ७५ अंकका साथ शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको नापोलीले २७ खेलबाट मात्र ५७ अंक बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment