Comments Add Comment

महेशको ‘सडक २’मा संजय दत्तसँगै आलिया

बलिउडमा केही समयदेखि चर्चित निर्देशक महेश भट्टले ‘सडक २’ बनाउन लागेको चर्चा चलिरहेको थियो । अन्ततः यो चर्चालाई सही सावित गर्दै भट्टले ‘सडक २’ निर्माणको घोषणा गरेका छन् ।

महेश भट्टले एक भिडियो सार्वजनिक गर्दै चलचित्र बन्न लागेको जानकारी दिएका हुन् । यो चलचित्रमा ‘सडक’का हिट जोडी संजय दत्त र पूजा भट्टले काम गर्ने पक्का भएको छ ।

यस्तै, बलिउडका यूवापुस्ताका दुई चर्चित कलाकार पनि यो चलचित्रमा हुनेछन् । भट्टले आफ्नी छोरी आलिया भट्टलाई पनि ‘सडक २’मा मुख्य भूमिकामा काम गराउँदैछन् । साथमा नायक आदित्य राय कपुर चलचित्रको मुख्य भूमिकामा हुनेछन् ।

२० बर्षपछि चलचित्र निर्देशनमा फर्किएका भट्टले सन् २०२० को मार्च २५ मा ‘सडक २’ रिलिज हुने घोषणा समेत गरेका छन् । मुकेश भट्टले यो चलचित्र निर्माण गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment