Comments Add Comment

म्यानचेस्टर सिटीसँग अग्युरोको सम्झौता थप

काठमाडौं । अर्जेन्टिनी स्ट्राइकर सर्जियो अग्युरोले म्यानचेस्टर सिटीसँग सम्झौता थप गरेका छन् । सम्झौताअनुसार उनी २०२१ सम्म सिटीमै रहने छन् ।

३० वर्षका अग्युरो २०११ मा एथ्लेटिको मडि्रडबाट ३८ मिलियन पाउण्डमा सिटी आएका थिए । त्यसपछि सिटीलाई तीन प्रिमियर लिग र तीन इएफएल कप जिताउन उनको भूमिका प्रमुख रहेको थियो ।

‘म यहाँ आएदेखि नै राम्रो व्यवहार पाइरहेको छु । म आउने बेलामा नै १० वर्ष खेल्छु भन्ने सोच थियो । त्यो पूरा हुँदै छ’ अग्युरोले भने ।
सिटीमा कीर्तिमान बनाउँदै अग्युरोले २ सय ९९ खेलमा २ सय ४ गोल हानेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment