Comments Add Comment

एक दिवसीय क्रिकेटमा धोनीको २०० औं कप्तानी

९ असोज, काठमाडौं । चर्चित भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीले एकदिवसीय खेलमा भारतका लागि २०० औं कप्तानी पूरा गरेका छन् ।

युएईमा जारी एसिया कपको सुपर चारमा अफगानिस्तानविरुद्धको खेलमा कप्तान रोहित शर्मालाई विश्राम दिएपछि भारतका पूर्वकप्तान धोनीले पुनः एक पटक कप्तानीको जिम्मेवारी सम्हाल्दै २००औं कप्तानी पूरा गरेका हुन् ।

विकेट किपर ब्याट्सम्यान महेन्द्रसिंह धोनीले एक दिवसीय क्रिकेटमा ३२५ खेल खेलिसकेका छन् । जसमा १० शतक र ६७ अर्धशतक सामेल छ ।

भारतका नियमित कप्तान विराट कोहली र रोहित शर्मा हुदा पनि धोनीले खेलाडीलाई निर्देशन दिनेदेखि ल्याएर कहाँ-कहाँ फिल्डर राख्ने निर्णय गर्ने गर्दथे । अनुभवि खेलाडी धोनीले जारी एसिया कपमा पनि राम्रो प्रदर्शन गर्दै आफ्नो टिमलाई फाइनलसम्म पुर्‍याइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment