Comments Add Comment

तीन वर्षभित्र अधिकांश परिवारमा विद्युतः ऊर्जा मन्त्रालय

९ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले तीन वर्षभित्र अधिंकाश परिवारमा विद्युत पुर्‍याउने महत्वकांक्षी योजना सार्वजनिक गरेको छ ।

अबको तीन वर्ष भित्रमा अधिकांश परिवारमा विद्युत पुर्‍याउन सकिन्छ भनेर लागि राख्या छौं’, मंगलवार कृषि, सहकारी तथा प्रकृतिक स्रोत समितिको बैठकमा उर्जा सचिव अनुपकुमार उपाध्ययले भने, ‘त्यो ढङ्गले आयोजनाहरु निमार्ण अगाडि बढेका छन् ।’

मन्त्रालयका अनुसार अहिले विद्युत उत्पादन अन्तर्गत चार हजार ७१ मेगावाटका विद्युत आयोजनाहरु निमार्णाधीन अवस्थामा छन् ।

७४ मेगावाटका दुइ वटा आयोजना र सौर्य तर्फ २५ मेगावाटको एउटा आयोजना नेपाल विद्युत प्राधिकरणले निमार्ण गरिरहेको छ ।

एक हजार एक सय २८ मेगावाटका १३ वटा आयोजनाहरु नेपाल विद्युत प्राधिकरणका साहायक कम्पनीहरुले निमार्ण गरिरहेका छन् । १३ वटै आयोजना आर्थिक वर्ष २०७९/०८० सम्म सञ्चालनमा आउने मन्त्रालयले जनाएको छ ।

दुई हजार हाठ सय ४४ मेगावाटका १५६ वटा आयोजना निजी क्षेत्रबाट निर्माणाधीन अवस्थामा छन् । खरीद सम्झौता भएका १५६ वटै ती आयोजनाहरु पनि आर्थिक वर्ष २०७९/०८० सम्म सञ्चालनमा आउने छन् ।

एक हजार पाच सय ४९ मेगावाटका ९१ आयोजनाको वित्तीय व्यवस्था भएको छ भने, एक हजार दुई सय ९५ मेगावाटका ६५ वटा आयोजनाको वित्तीय व्यवस्था हुन बाँकी रहेको विवरणमा उल्लेख छ ।

जलविद्युत आयोजनाहरुको पहिचान तथा सम्भाव्यता अध्ययनको कार्य भइरहेको मन्त्रालयका सचिव उपाध्यायले जानकारी दिए । उनले अध्ययन भइरहेका वा अध्ययन सम्पन्न भएका कूल दश हजार दुई सय ४९ मेगावाट क्षमताका जलविद्युत आयोजनाहरुलाई निमार्णको चरणमा लैजाने योजना बनिसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment