४ कात्तिक, काठमाडौं । दशैं बिदा पछिको पहिलो कारोबार आइतबार सेयर बजारमा सुधार देखिएको छ । आइतबार नेप्से परिसूचक ४ दशमलव ८९ अंकले सुधार आएको हो ।
बैंक, विकास बैंक, फाइनान्स, जीवन बीमा र अन्य समूह हरियाली देखिएका छन् भने होटल, हाइड्रोपावर, निर्जिवन बीमा लगायतका समूहहरु राताम्मे देखिएका छन् ।
धेरै जसो समूहहरु राताम्मे देखिए पनि जीवन बीमा समूह ३४ दशमलव ७ अंकले उकालो लाग्दा समग्र नेप्से परिसूचक सकारात्मक दिशामा देखिएको हो ।
आइतबार सेयर बजार ४ दशमलव ८९ अंकले उकालो लाग्दा नेप्से परिसूचक १ हजार २ सय ४६ दशमलव ५२ अंकमा पुगेको छ । दिनभरमा भएका २ हजार २ सय ४ वटा कारोबारबाट ७ लाख ७ सय २३ कित्ता सेयर किनबेच भएका छन् ।
जसअनुसार १४ करोड ५ लाख ४९ हजार २९ रुपैयाँको कारोबार भएको छ । कारोबार रकमका आधारमा प्रभु बैंक अग्रस्थानमा देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4