+
+
Shares

ग्याससम्बन्धी सामग्री कारोबार भ्याटमा दर्ता आधिकारिक विक्रेताबाट मात्र गराउन महासंघको माग

महासंघ अध्यक्ष ज्ञानेश्वर अर्यालले बुधबार नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक नागेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै उक्त कार्य तत्काल कार्यान्वयन गर्न माग गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर २ गते १६:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ग्यास विक्रेता महासंघ नेपालले एलपी ग्याससँग सम्बन्धित रेगुलेटर, चुलो र पाइपको कारोबार भ्याटमा दर्ता भएका आधिकारिक विक्रेता मार्फत मात्र गर्न माग गरेको छ।
  • महासंघ अध्यक्ष ज्ञानेश्वर अर्यालले बुधबार नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै तत्काल कार्यान्वयन गर्न आग्रह गरे।
  • महासंघले एलपी ग्यास अत्यधिक प्रज्वलनशील भएकाले सुरक्षा जोखिम घटाउन वितरण प्रणाली व्यवस्थित र नियमन गर्नुपर्नेमा जोड दिएको छ।

२ मंसिर, काठमाडौं  । ग्यास विक्रेता महासंघ नेपालले खाना पकाउने एलपी ग्याससँग सम्बन्धित रेगुलेटर, ग्यास चुलो, पाइप लगायत वस्तु कारोबार मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका आधिकारिक ग्यास विक्रेता मार्फत मात्र गर्न-गराउन माग गरेको छ ।

महासंघ अध्यक्ष ज्ञानेश्वर अर्यालले बुधबार नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक नागेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै उक्त कार्य तत्काल कार्यान्वयन गर्न माग गरेका हुन् ।

महासंघले पछिल्लो समय भ्याटमा दर्ता गरेर मात्र कारोबार गर्ने-गराउने आयल निगमको सूचनाप्रति समर्थन समेत जनाएको छ ।

सुरक्षित र पारदर्शी कारोबार पक्षमा विगतदेखि नै दृढतापूर्वक उभिएको स्मरण गराउँदै महासंघले ग्यास व्यवसायलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएको छ ।

एलपी ग्यास अत्यधिक प्रज्वलनशील पदार्थ भए पनि यसलाई नियमन गर्न हालसम्म कुनै पेट्रोलियम ऐन नहुनु दु:खद रहेको महासंघको ठहर छ ।

साथै, पछिल्लो समय विभिन्न कारण नेपालमा लामो समयसम्म एलपी ग्यास अभाव देखिनुमा यसको वितरण प्रणाली पनि एक मुख्य कारक रहेको ज्ञापनपत्रमा उल्लेख छ ।

उच्च सतर्कता साथ बिक्री–वितरण हुनुपर्ने एलपी ग्यास कारोबार जहाँसुकैबाट हुँदा सुरक्षा जोखिम समेत बढेको सन्दर्भ औँल्याउँदै महासंघले आधिकारिक र भ्याटमा दर्ता भएका विक्रेता मार्फत मात्र ग्यास तथा ग्यासजन्य सामग्री कारोबार सुनिश्चित गर्न निगमको ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?