News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा संस्थापक महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगीको मंसिर १० गते बिहे हुने भएको छ।
- ढकाल विराटनगर निवासी हुन् भने झापाकी डाँगी रास्वपाको पहिलो महाधिवेशनबाट सहमहामन्त्री भएकी र झापा–१ बाट निर्वाचित भएकी थिइन्।
- डाँगीसँग ढकालको प्रेमसम्बन्ध रहेकोबारे यसअघि पार्टीभित्र पनि चर्चा थियो।
२ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाल र रास्वपा सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगीबीच बिहे हुने भएको छ ।
मंसिर १० गते ढकाल र डाँगीको बिहे हुन लागेको हो ।
उनीहरू दुवैले बिहे गर्न लागेकोबारे अनलाइनखबरलाई जानकारी गराए । ढकाल विराटनगर निवासी हुन भने डाँगी झापाकी हुन् ।
ढकाल हाल राजनीतिमा सक्रिय छैनन् ।
डाँगी रास्वपाको पहिलो महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित भएकी हुन् । गत निर्वाचनमा डाँगी झापा–१ बाट निर्वाचित भएकी थिइन् ।
०७९ मा समानुपातिकतर्फबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेकी डाँगीसँग प्रेमसम्बन्ध रहेकोबारे यसअघि पार्टीमा पनि चर्चा थियो ।
प्रतिक्रिया 4