Comments Add Comment

ललितपुरका मेयरले भने : २६ देशको भ्रमण रद्द गरेँ

९ मंसिर, ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफूले विदेश भ्रमणका क्रममा महानगरपालिकाको एक रुपैयाँ पनि नलिएको दावी गरेका छन् । विदेश भ्रमण धेरै गरेको भन्दै आलोचना भएपछि आइतबार पत्रकार सम्मेलन गरी उनले आफ्नो विदेश भ्रमणबाट महानगरबासीलाई एक रुपैयाँ पनि भार नपरेको जिकिर गरेका हुन् ।

‘मेयरमा निर्वाचित भएदेखि आजसम्म भएका विदेश भ्रमणमा मैले एक रुपैयाँँ पनि महानगरपालिकालाई खर्चको भार नबोकाएको स्पष्ट पार्न चाहन्छु, मेयरमा निर्वाचित भएदेखि मैले गरेका विदेश भ्रमण मेरो व्यक्तिगत लाभ र प्रयोजनका लागि नरहेको पनि यहाँहरुलाई अवगत गराउन चाहन्छु’ उनले भनेका छन् ।

उनले आफू मेयरमा निर्वाचित भएपछि जापान, म्यानमार, श्रीलंका, मकाउ, चीन, मंगोलिया, भियतनामलगायत ९ देशको भ्रमण गरेको बताएका छन् ।

मेयर महर्जनले महानगरपालिकालाई आर्थिक भार पर्ने हुनाले आफूले २६ वटा देशको भ्रमण रद्ध गरेको पनि दावी गरे । अजरबैजान, जापान, इंग्ल्याण्ड, क्यानडा, अमेरिकालगायतका देशको भ्रमण आफूले रद्ध गरेको उनको दावी छ ।

‘समयको व्यवस्थापनको अप्ठेरो र कार्यव्यस्तता, हाम्रो दृष्टिकोणमा त्यति उपयुक्त नभएकाले पनि मैले त्यसलाई प्राथमिकतामा राखिन’ उनले भनेका छन् ।

आफूले विदेश भ्रमण गर्दा मिलेसम्म उपमेयर, नगर कार्यपालिकाका सदस्य, सल्लाहकार, कर्मचारी र राजनीतिक दलका प्रतिनिधिहरुलाई पनि सहभागी गराएको मेयर महर्जनले दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment