Comments Add Comment

ब्याजदर र पुँजी बजारबारे अध्ययन गर्न गठित समितिको प्रतिवेदन आज तयार हुने

२८ मंसिर, काठमाडौं । सरकारले पछिल्लो समय व्याजदर तथा पुँजी बजारमा देखिएका प्रवृत्तिको समग्र अध्ययन कार्य गर्न भन्दै गठन गरेको कार्यदलले आइतबार प्रतिवेदन बुझाउने भएको छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले शुक्रबार नै प्रतिवेदनलाई अन्तिम रुप दिने र आइतबार अर्थमन्त्रालयलाई बुझाउने तयारी गरेको समितिका एक सदस्यले जानकारी दिए ।

कार्यदलले ब्याजदर तथा पुँजी बजारमा देखिएका समस्या र समाधानका उपायसहितको प्रतिवेदन बुझाउनेछ । समितिको बैठक बिहीबार साँझ राष्ट्र बैंकमा बसेको थियो ।

मन्त्रालयले राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठको संयोजकत्वमा धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की, नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, पुँजी बजार लगानीकर्ताका तर्फबाट नेपा इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका पौडेल र पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल साथै अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन हेर्ने सहसचिव सदस्य रहने गरी समिति गठन गरेको थियो ।

समितिले यस अघि सरोकारवाला सबैसँग सुझाव लिएको थियो । पुँजी बजार क्षेत्र सुधारका लागि पुँजी बजार लगानीकर्ता संघले पनि १३ बुँदे सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment