+
+
Shares

गण्डकी प्रदेशले दियो माघ १ मा बिदा

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष २५ गते १६:२०

२५ पुस, पोखरा । गण्डकी प्रदेश सरकारले माघे सक्रान्तिमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तमुहरुको पर्व (१५ पुस/ह्लोसार) को अवसरमा बिदा दिएको गण्डकी प्रदेशले हिन्दु तथा मगरहरुको विशेष पर्व माघे सक्रान्तिमा पनि बिदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको बुधबार बसेको बैठकले माघ १ मा गण्डकी प्रदेशभरी सार्वजनि बिदा निर्णय गरेको सरकारबा प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । ‘माघे सक्रान्ति हिन्दु धर्मालम्बी तथा मगरहरुको विशेष पर्व हो,’ सरकारका प्रवक्ता रामशरण बस्नेतले भने, ‘आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट बिदा दिन गरिएको प्रस्तावलाई पास गर्ने निर्णय भयो ।’

प्रदेश सरकारले वर्षको ६ दिन बिदा दिन पाउने व्यवस्थाअनुसार बिदा दिन लागिएको यो दोस्रो पटक हो । सरकारले त्यस्ता विशेष अवसरमा बिदा दिँदै जाने प्रवक्ता बस्नेतको भनाइ छ ।

गण्डकी प्रदेशमै जन्मेर पृथ्वीनारायण शाहको जन्मजयन्तीको दिन २७ गते भने बिदा दिइएको छैन । ल्होसारका अवसरमा पुस १५ मा दिएको प्रदेशको बिदालाई संघ अन्तर्गतका कार्यालयले भने मानेका थिएनन् ।

प्रदेश सरकारले बिदा दिए पनि संघ अन्तर्गतका कार्यालयमा बिदा हुन केन्द्रको गृह मन्त्रालयको स्विकृति चाहिने भन्दै पुस १५ मा संघ अन्तर्गतका कार्यालय खुलेका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?