+
+
Shares

बूढीगण्डकीमा बाढी : प्रदेश स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो क्षतिको प्रारम्भिक विवरण

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २५ गते ११:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले घर, पुल र हाइड्रोपावरमा क्षति पुर्‍याएको गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
  • चुमनुब्री, धार्चे र आरुघाटका झोलुङ्गे तथा पक्की पुल बग्नुका साथै केही बस्ती र घरमा बाढी पसेको मन्त्रालयले जनाएको छ ।
  • गोरखा, लमजुङ र तनहुँका RRT र प्रदेश अस्पतालका EMT लाई तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ ।

२५ असोज, काठमाडौं । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्‍याएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ ।

सो विवरणमा घर, पुल र हाइड्रोपावरमा क्षति पुगेको उल्लेख छ ।

फिलिम, सल्लेरी, जगत र माछाखोलाका स्वास्थ्य संस्थाहरु माथिल्लो उचाइमा रहेकाले कम जोखिममा रहेको मन्त्रालयले जनाएको छ ।

साथै गोरखा, लमजुङ र तनहुँ जिल्लाका जिल्ला स्तरीय द्रुत प्रतिकार्य टोली (RRT) र प्रदेश अस्पतालका आपतकालीन चिकत्सकीय टोली (EMT) लाई तयारी अवस्थामा राखिएको छ ।

हेर्नुहोस् गण्डकीको स्वास्थ्य मन्त्रालयबाट प्राप्त क्षतिको प्रारम्भिक विवरण–  

चुमनुब्री गा.पा. ३, न्याकचेतस्थित न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको ।

चुमनुब्री–३, सिर्दीबास बस्ने राम ब. गुरुङको १ वटा कच्ची घर बगाएको, १ वटा घरमा बाढी पसेको ।

धार्चे गा.पा.–५, माछीखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल बगाएको ।

धार्चे – ५, माछीखोलास्थित तल्लो बस्तीमा बाढी पसेको ५/७ वटा घर, ५/७ वटा टहरामा बाढी पसेको ।

धार्चे –३, सल्लेरी स्थित २०/२२ घरहरु जोखिममा रहेको ।

आरुघाट गा.पा. २ र ३ जोड्ने सोतीमा रहेको फलामे पक्की पुल बगाएको ।

चुमनुब्री गा.पा. ३, सल्लेरीस्थित निर्माणाधिन सहज ऊर्जा पावर हाउस र वरपर रहेका ७/८ वटा घरहरु बगाएको ।

आरुघाट गा.पा. ९, नयाँपुलस्थित आरुघाटबाट धादिङ जोड्ने पक्की पुल तिन भाग रहेकोमा गोरखा तर्फको एक भाग बगाई क्षति भएको, बाटो पूर्णरुपमा अवरोध रहेको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?