Comments Add Comment

सन्दीप र करण क्रिकइन्फो अवार्डको मनोनयनमा

काठमाडौं । नेपालका सन्दीप लामिछाने र करण केसी क्रिकइन्फो अवार्डको मनोनयनमा परेका छन् ।सन्दीप एशोसिएट बलिङको मनोनयनमा परेका हुन् भने करण एशोसिएट ब्याटिङतर्फ मनोनयनमा परेका छन् ।

डिभिजन २ मा लामिछानेले केन्याविरुद्ध उत्कृष्ट बलिङ गरेका थिए । विश्वकप छनोटको सम्भावना कायम राखिराख्न जित्ने पर्ने खेलमा उनले उनले २० रन दिएर ५ विकेट लिएका थिए ।

मनोनयनमा सन्दीपसँगै स्कटल्याण्डका टोम सोले, यूएईका सफयान शरिफ र मोहम्मद नाभिद र हङकङ ऐजाज खान छन् ।

यस्तै एसोसिएटको ब्याटिङतफ करण छन् । उनले डिभिजन टूमा क्यानडाविरुद्ध नटआउट ४२ रन बनाएका थिए । नेपाललाई ४७ बलमा ५१ रन चाहिएको अवसथामा केसीले उत्कृष्ट ब्याटिङ गरेका थिए । नेपालले अन्तिम ओभरमा ८ रन चाहिएको थियो । तर, करणले चार बलमा रन लिन सकेका थिएनन् । अन्तिम बलमा छक्का हान्दै नेपाललाई चर्चित जित दिलाएका थिए ।

उनीसँगै हङकङका निजातक खान, स्कटल्याण्डका कोलम म्याकलेड र जर्ज मुन्से पनि मनोनयनमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment