+
+
Shares

सञ्चार विधेयकहरु संशोधन गर्न प्रेस युनियनको माग

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ २० गते २०:०६

२० माघ, बुटवल । प्रदेश सरकारले ल्याएको सञ्चारसम्बन्धी विधेयक पुनर्लेखन तथा संशोधन गर्न नेपाल प्रेस युनियन रुपन्देहीले माग गरेको छ ।

संसदमा पुगेको प्रदेश प्रशारण विधेयक र लैजाने तयारीमा रहेको छापाखाना तथा प्रकाशन विधेयक प्रेसमैत्री नभएका र प्रेस स्वतन्ता कुण्ठित गर्ने खालका रहेको ठहर गर्दै युनियनले संशोधनको माग गरेको हो ।

विधेयकमा हरेक कार्यक्रम प्रशारणका लागि सरकारी अनुमति लिनु पर्ने, सरकारी निकायले पनि सञ्चारमाध्यम सञ्चालन गर्न पाउने, विभिन्न कारण देखाई सरकारले कार्यक्रम नै बन्द गर्नसक्ने, संचार क्षेत्रमा वैदेशिक लगानीलाई प्रोत्साहन, एउटा प्रदेशको पत्रकारले अर्को प्रदेशमा गएर रिपोर्टिङ गर्दा सम्बन्धित प्रदेशको अनुमसत लिनुपर्ने जस्ता प्रावधानहरु स्वतन्त्र प्रेसको मर्म विपरीत भएको युनियनको ज्ञापनपत्रमा उल्लेख छ ।

विधेयकहरु यथाअवस्थामा पास नगर्न माग गर्दै युनियनले आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रदेश सभाका सभामुख र प्रदेश आन्तरिक मामिला तथा कानुन समितिलाई छुट्टाछुट्टै ज्ञापन पत्र बुझाएको छ ।

प्रदेश सभामा पेश भई विषयगत समितिमा छलफलकै क्रममा रहेको प्रदेश प्रशारण विधेयक पुनर्लेखनको माग गर्दै युनियनले प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीलाई ज्ञापन पत्र बुझाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?