
२ फागुन, काठमाडौं । नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले आइस ड्रग्स भनिने एम्फेटाइमिन कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लम्जुङको मर्स्याङ्दी–४ का ४८ वर्षीय टेकबहादुर तामाङ छन् ।
महाशाखाका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरका अनुसार लागूऔषध कारोबार भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उलनाई काठमाडौं–२६, खुशीबु क्षेत्रमा फेला पारेको थियो ।
त्यसक्रममा उनको शरीर खनतलासी गर्दा ५१ ग्राम लागूऔषध भेटिएको राठौरको भनाइ छ । उनीलाई पक्राउ गरेर थप कारबाहीका लागि महानगरीय प्रहरी परिसर, टेकु बुझाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4