Comments Add Comment

विप्लवलाई प्रतिबन्ध गर्नु ठीक भएन : राजेन्द्र महतो

२९ फागुन, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले विप्लव समूहलाई प्रतिबन्ध गरेर समस्या समाधान नहुने बताएका छन् ।

बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारलाई प्रतिक्रिया दिँदै उनले विद्रोहको कारण नखोजी प्रतिबन्ध गरेर मात्र समस्या समाधान नहुने बताएका हुन् ।

‘हिंस्रक आन्दोलन, सशस्त्र विद्रोह, शान्तिपूर्ण आन्दोलन किन हुन्छ कारणमा जानुपर्छ , कारणमा नगई प्रतिबन्धै प्रतिबन्ध गरेर हुँदैन’ प्रतिबन्ध समस्याको समाधान होइन, किन बिद्रोहहरु जन्मिन्छ, त्यो विद्रोह जन्मिने कारणमा जाुनपर्छ। त्यो कारणको समाधान खोज्नुपर्छ ।’

सरकारकै कारण असन्तुष्टि र विद्रोहहरु भइरहेको भन्दै त्यसको सतहमा गएर समाधान गर्नुका साटो सरकारले गलत कदम चालिरहेको महतोको भनाइ छ ।

‘अहिले पनि सरकारसँग आग्रह छ । जुन जुन कारणलेृ विद्रोह भएको छ, सशस्त्र द्वन्द्व आन्दोलन, विण्डनवादी कुरा भएको छ । किन त्यो कुरा उठ्छ छ, त्यसको सतहमा जानुप¥यो’ उनले भने ‘समस्याको समाधान खोज्यो भने कुरा उठ्दैन ।’

उनले विप्लव समूहको हिंस्रक गतिविधिलाई प्रतिबन्ध गरे पनि पार्टीमाथि प्रतिबन्ध लगाउन नमिल्ने धारणा राखे । ‘लोकतान्त्रिक मूल्य मान्यता अनुसार आफ्नो कुरा राख्न पाउनुपर्छ, पार्टी चलाउन पाउनुपर्छ । सरकारले हिंस्रक गतिविधि गर्नुहुन्न भन्न सक्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment