Comments Add Comment

‘दि म्यान फ्रम काठमाण्डौ’लाई २० शो ले पनि बचाउन सकेन

नेपालमा एउटा उखान छ, ‘आफ्नै हात जगन्ननाथ’ । अर्थात, सबै कुरा आफ्नो हातमा भएपछि जे गरिदिए पनि हुन्छ । शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘दि म्यान फ्रम काठमाण्डौ’मा पनि यही उखान लागू हुन्छ । क्यूएफएक्सका मालिक नकिम उद्दिनको लगानीमा तयार भएको यो चलचित्रले क्यूएफएक्समा उच्च शो पायो ।

धेरै नाम चलेका नेपाली चलचित्रले समेत नपाउने शो यो चलचित्रले निर्माताको हल भएकाले पाएको थियो । यो चलचित्रलाई क्यूएफक्सले २० शो दिएको थियो । तर, उच्च शोले मात्र चलचित्र चल्दैन भन्ने पुष्टी यो चलचित्रले गरेको छ ।
बलिउड र नेपालका चर्चित कलाकारलाई लिएर तयार पारिएको यो चलचित्रले बक्स अफिसमा कुनै कमाल गरेन । शुक्रबार र शनिबार यो चलचित्रले पाएको २० शोमै दर्शक न्यून उपस्थित थिए ।

नेपाली र अंग्रेजी भाषामा निर्माण भएको चलचित्रमा बलिउडका कलाकार गुल्सन ग्रोवरदेखि नेपाली कलाकारहरु निर शाह, आना शर्मा, कर्मा लगायतका कलाकारको मुख्य भूमिका छ । यो मितिमा नै रिलिज भएको दुई चलचित्र ‘पुरानो बुलेट र जानी नजानी’ले क्यूएफएक्समा निकै कम शो पाए । रोचक कुरा त के छ भने, अधिकांश नेपाली चलचित्रलाई बिहानीको शोमा सिमित राखिदिने क्यूएफक्सले ‘दि म्यान फ्रेम काठमाण्डौ’को १२ बजे भन्दा अगाडि शो नै राखेको छैन । सबै प्राइम टाइममा शो हुँदा पनि चलचित्रले दर्शक तान्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment