Comments Add Comment

राजपालाई फोरमको जवाफ : सरकारबारे एकतापछि निर्णय गरौं

८ चैत, काठमाडौं । पार्टी एकताका लागि इच्छुक देखिएका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) बीच केन्द्र सरकारमा सहभागितालाई लिएर पत्रमार्फत जुहारी चलेको छ ।

राजपा अध्यक्ष महेन्द्र राय यादवले उपेन्द्रलाई पत्र लेखेर वार्ताका लागि केन्द्र सरकार छाड्नुपर्ने शर्त राखेका थिए ।

यथास्थितिवादलाई मलजल गर्ने, परिर्वतनकारी शक्तिलाई धम्क्याउने दुस्साहस गर्नलाई बल पुग्ने गरी दुई तिहाईको संसदीय गणितलाई ग्यारेन्टी गर्नु दुर्भाग्यपूर्ण भन्दै उनलेले पत्रमा भनेका थिए, ‘केन्द्रीय राजनीतिको दुई ध्रुव सत्तापक्ष र प्रतिपक्षमा रहेका हामीबीच कसरी वार्ता गर्ने ?’

फोरम अध्यक्ष यादवले राजपा अध्यक्षलाई जवाफी पत्र लेख्दै सरकारमा सहभागिताले पार्टी एकतामा बाधा नहुने बताएका छन् । यो नीतिगत सवाल नभई रणनीतिक र तथा कार्यनीतिक सवाल मात्र हो, नुनकी समय सापेक्ष परिर्वतनशील भइरहने हुन्छन्’ पत्रमा भनिएको छ, ‘पार्टी एककीकरण गर्न पार्टीहरुबीच उद्देश्य, नीति, कार्यक्रम, सिद्धान्त र विचार मिल्नुपर्छ ।’

पार्टी एकता हुनासाथ सरकार वा विपक्षमा कहाँ बसेर के गर्ने वा कस्तो भूमिका खेल्ने भन्ने निर्णय गर्ने गरी एकता प्रक्रिया अगाडि बढाउन सकिने फोरमले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment