
काठमाडौं । प्रिमियर लिग जोडी रोबर्टो फिर्मिनो र गाब्रियल जेसिसको गोलको मदतमा ब्राजिलले चेक रिपब्लिकलाई हराएको छ ।
मंगलबार राति भएको मैत्रिपूर्ण खेलमा ब्राजिलले चेक रिपब्लिकलाई ३–१ गोल अन्तरले हराएको हो ।
खेलमा अग्रता भने चेक रिपब्लिकले लिएको थियो । ३७ औं मिनेटमा पभेल्काले गोल गरे । तर, दोस्रो हाफ ब्रजिलको पक्षमा रह्यो । ४९ औं मिनेटमा फिर्मिनोले बराबरी गोल गरे भने ८३ र ९० औं मिनेटमा जेसिसले गोल गर्दै ब्राजिलाई जित दिलाए ।
अर्को मैत्रिपूर्ण खेलमा लिओनल मेस्सी बिनाको अर्जेन्टिनाले मोरक्कोलाई १–० गोल अन्तरले हराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4