Comments Add Comment

प्रधानमन्त्री वीरगञ्जमा, अस्पताल पुगेर घाइतेलाई भेटे

१८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हावाहुरीबाट प्रभावित बारा र पर्साका घाइतेलाई भेट गरेका छन् ।

सोमबार हेलिकोप्टरबाट बारा र पर्सा पुगेका उनले त्यहाँका अस्पतालमा उपचाररत घाइतेसँग भेट गरेका हुन् ।

बाराको कलैया अस्पतालमा उपचाररत घाइतेलाई भेटेर प्रधानमन्त्री ओली वीरगञ्जस्थित नारायणी अस्पताल र नेशनल मेडिकल कलेजमा उपचाररत विरामीलाई भेट गरेका हुन् । त्यहाँबाट उनी काठमाडौं फर्किने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा बादल, शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई, राजपा अध्यक्ष मण्डलका सदस्य महिन्द्र राय यादव पनि वीरगञ्ज पुगेका थिए ।

प्रधानमन्त्री ओलीले हावाहुरीबाट बढी प्रभावित बाराको फेटा गाउँको भने हेलिकोप्टरबाट निरीक्षण गरेका छन् ।

 

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment