Comments Add Comment

आँधीकोे लीला ! घर छैन, बालीनाली पनि छैन !

भुइँचालोमा त कमसेकम बारीको अन्न बचेको थियो !

१८ चैत, फेटा (बारा) । सिमरा विमानस्थलबाट सोमबार साँझ वीरगञ्जतर्फ लाग्दा हावाहुरी र त्यसले बच्चाएको वितण्डाको कुनै संकेत पाइएन । जीतपुरबाट अगाडि बढ्दा जब परवानीपुर गाउँपालिकाको चैनपुर भन्ने ठाउँमा पुगियो, त्यहाँ आँधीको मच्चाएको तहस-नहस आँखामा ठोक्कियो ।

बिजुलीका पोलहरु ढलेर सडकमै आइपुगेका छन् । रोकिराखेका मालवाहक ट्रक र बसहरु लडेका छन् । हामी पुग्दा क्रेनले सवारी साधनलाई पन्छाउने प्रयास गरिरहेको दृश्य देखियो ।

रुख लडेर बाटो छेकिएको थियो । मूल सडक त सुचारु भएको छ, तर, सहायक सडक अस्तव्यस्त छ ।

तर, चैनपुर कटेर वीरगञ्ज आइपुग्दासम्म फेरि ठूलो क्षति देखिँदैन ।

वीरगञ्जबाट कलैया रोड लागेपछि केही मिनेटमा भलुवी भरवलिया पुगिन्छ । यो चैनपुर पछाडि पर्ने भएकाले त्यहाँबाट आएको हावाहुरी फेटा गाउँपालिकाको भलवीमा पुगेर भूमरी परेको अनुमान लगाउन सकिन्छ ।

भलुवी भरवलियाको सुरुमा एउटै घरमा सासूबुहारीको मृत्यु भएको रहेछ । मानिसहरु शव उठाउन सक्ने अवस्थामा समेत थिएनन् । सबैभन्दा धेरै मानवीय क्षति यही गाउँमा भएको छ ।

गाउँमा करिव २५० घर थिए । तर, तीमध्ये आधाभन्दा बढी ध्वस्त भएका छन् । बाँकी सग्लो बसेका केही पक्की घरहरु भेटिए । गाउँभरिका मानिसहरु ती घरमा अटाउन सक्दैनन् । बाँकी बचेको जायजेथा कुरेर मानिसहरु भत्किएका घरको भग्नावशेषमै बसिरहेका भेटिए ।

सोमबार दिउँसो केही सहयोगी मन भएकाहरुले चाउचाउका पोका र पानी ल्याएर दिएका थिए । तर, त्यसले पेट भरिने अवस्था छैन ।

प्रदेश २ सरकारका मुख्यमन्त्री, मन्त्री र अधिकारीहरु राहत तथा उद्दारमा सक्रिय देखिएका छन् ।

खानाका लागि सामूहिक मेस र त्रिपालको बन्दोबस्त मिलाउने प्रयास भइरहेको उनीहरु बताउँछन् । तर, स्रोत साधनको अभावमा उनीहरुको सक्रियता पर्याप्त हुन सकेको छैन । असाध्यै लामखुट्टे लागेकाले बालबालिकाको अवस्था दयनीय छ ।

पक्की घर पनि बचेनन्

०७२ बैशाखको भूकम्पले गाउँहरुमा जेजति क्षति गरेको छ, यहाँको अवस्था त्यो भन्दा फरक छैन । हामीले भूकम्पको भन्दा हावाहुरीको क्षति ठूलो देख्यौं । एक त यहाँका घरहरु कमजोर संरचना थिए, जसलाई हावाहुरीले उडाएर ध्वस्त बनायो ।

तर, पक्की घरहरु समेत भत्किएका छन् । पानी तान्ने कलसमेत उखेलिएका छन्, पार्किङ गरेर राखेका बस ट्रकहरु पल्टिएका छन् ।

कतिसम्म भने बाँसका झ्याङ नै उलेखिएको देखियो । यो दृश्य भने धेरैका लागि अनौठो लाग्ने थियो । मान्छेले मुला उखेलेजसरी आँधीले बाँस उखेलेको देखियो । यसैबाट अनुमान लगाउन सकिन्छ आँधीबेहेरी कति शक्तिशाली थियो ।

छानो र मानो दुबै छैन

हावाहुरीले घरको छानो मात्र होइन, घरभित्र रहेको धान राख्ने भकारी (बेरी) समेत उडाएको छ ।

भत्किएका संरचनाहरु हेर्दा ०७२ सालको भूकम्पमा खण्डहर बनेको सिन्धुपाल्चोकजस्तै देखिन्छ । तर, भूकम्प गएका बेला घरमा भएको अन्नबाली क्षति भए पनि खेतबारीमा भएको अन्न त थेरथोर बचेको थियो । तर, यहाँ त त्यो पनि रहेन । अधिकांशको बर्षभरि खाने अन्ने छैन । ढिकुटीको मात्र हैन, खेतबारीमा लगाएको मकै तथा गहुँ पनि सोत्तर बनेको छ ।

सोमबार दिउँसो हामी पुग्दा फेटाको अवस्था विभत्स छ, विजोग छ । शब्दमा बयान नै गर्नै सकिँदैन ।

यो पनि पढ्नुहोस बारा–पर्सा हावाहुरी : १० महिला र ५ बालबालिकासहित २७ मृतकको सनाखत (नामावलीसहित) यो पनि पढ्नुहोस हावाहुरी प्रभावित क्षेत्रमा केन्द्र सरकारले पठायो ४६८ वटा त्रिपाल यो पनि पढ्नुहोस हावाहुरीले विद्युतका दुई हजार पोल ढले यो पनि पढ्नुहोस हावाहुरी प्रभावितका लागि राहत जुट्न थाल्यो यो पनि पढ्नुहोस हावाहुरी प्रभावित नेकपा सांसदको एक दिनको तलब यो पनि पढ्नुहोस हावाहुरी पीडितलाई राजपाद्वारा ५ लाख सहयोग यो पनि पढ्नुहोस आँधी र हावाहुरी प्रभावित क्षेत्रमा नेपाल प्रहरी अस्पतालका दुई टोली यो पनि पढ्नुहोस आँधीबाट भएको मानवीय क्षतिप्रति राष्ट्रपति र उपराष्ट्रपतिद्वारा दु:ख व्यक्त यो पनि पढ्नुहोस मौसमविद भन्छन्- पूर्वानुमान थियो, यत्रो आउला भन्ने थिएन यो पनि पढ्नुहोस न रह्यो घर, न रह्यो अन्नपात (तस्वीरमा) यो पनि पढ्नुहोस बाबुरामले भने–प्रतिरोधी संरचना निर्माण ध्यान पुगोस्

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment