+
+

आँधी र हावाहुरी प्रभावित क्षेत्रमा नेपाल प्रहरी अस्पतालका दुई टोली

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १८ गते १५:१०

१८ चैत, काठमाडौं । आँधी र हावाहुरीका कारण जनधनको क्षति भएको बारा र पर्सामा सर्वसाधारणको उपचारका लागि नेपाल प्रहरी अस्पतालबाट चिकित्सकको टोली गएको छ ।

प्रहरी अस्पतालबाट प्रहरी नायब उपरीक्षक डा.सुरेन्द्र साहको नेतृत्वमा ४ जना चिकित्सकसहित ९ जना स्वास्थ्यकर्मीको टोली बारा पुगिसकेको छ ।

त्यस्तै प्रहरी नायब उपरीक्षक डा. अमिनकुमार श्रेष्ठको नेतृत्वमा चिकित्सक र स्वास्थ्यकर्मीको थप टोली सोमबार बिहान १०:५० बजे प्रभावित क्षेत्रतर्फ प्रस्थान गरिसकेको नेपाल प्रहरी अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?