Comments Add Comment

आँधीपीडित क्षेत्र जाँदै प्रचण्ड, राहत बाँड्ने

१९ चैत, काठमाडौं । नेकपा अध्यक्ष प्रचण्ड आँधीहुरी प्रभावित बारा र पर्साको निरीक्षणमा निस्किने भएका छन् । आँधुीहुरीले बारा र पर्साको अवस्था कष्टकर बनेपछि प्रचण्ड प्रभावित क्षेत्रको अवलोकनका लागि मंगलबार त्यसतर्फ जान लागेका हुन् ।

आँधीहुरी प्रभावित क्षेत्रको अवस्था बुझ्न प्रचण्ड मंगलबार बिहान ११ बजे हवाई यात्रामार्फत त्यसतर्फ जान लागेको प्रचण्डको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार, प्रचण्डले हावाहुरी पीडितको अवस्थाबारे सुरुमा बारा पुगेर जानकारी लिनेछन् । प्रचण्ड हावाहुरी प्रभावित पर्सा पनि जाने कार्यक्रम छ । उनले पीडित परिवारसँग भेटघाट गर्नुका साथै राहतसमेत वितरण गर्ने योजना बनाएका छन् ।

यसअघि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले हावाहुरी प्रभावित क्षेत्रको हवाई निरीक्षण गरेका थिए । ओलीले अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएका थिए ।

ओलीपछि शीर्ष तहका नेता प्रचण्ड पनि निरीक्षणमा निस्किन लागेका हुन् । यद्यपि, विभिन्न दलका भातृसंगठन सोमबार नै राहत तथा उद्धारका लागि प्रभावित क्षेत्र पुगिसकेका छन् । वाइसियलले संकलन गरेको राहत प्रचण्डको हातबाट वितरण गर्ने कार्यक्रम पनि छ ।

आइतबार आएको हावाहुरीले बारामा सबैभन्दा ठूलो जन–धनको क्षति पुगेको छ । पर्सा पनि हुरीले प्रभावित छ । गृह मन्त्रालयको पछिल्लो जानकारी अनुसार, हालसम्म २७ जनाको ज्यान गइसकेको छ । कैयन घाइतेको विभिन्न अस्पतालमा अहिले उपचार भइरहेको छ । हावाहुरीले घर भत्काउँदा प्रभावितहरुको जनजीवन कष्टकर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment