Comments Add Comment

निसान मोटर्सका पूर्वअध्यक्ष कार्लोस घोस पुनः पक्राउ

२१ चैत, काठमाडौं । निसान मोटर्सका पूर्वअध्यक्ष कार्लोस घोस पुनः पक्राउ परेका छन् । जापानी मिडियाका अनुसार धरौटी बुझाएको २८ दिनपछि उनलाई घरबाटै पुनः पक्राउ गरिएको हो ।

उनी अघिल्लो पटक कम्पनीको कम आम्दानी देखाएर भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका थिए । १९ नोभेम्बर सन् २०१८ मा पक्राउ परेका उनी १०८ दिन जेलमा बसेपछि ६ मार्च २०१९ मा सशर्त धरौटीमा रिहा भएका थिए ।

रिहा भएको एक महिना नपुग्दै फेरि विश्वासघातको नयाँ आरोपमा उनी पक्राउ परेका छन् । जापानको कानुनअनुसार कुनै पनि आरोपीलाई फर फरक आरोपमा धेरै पटक पक्राउ गर्न सकिन्छ । यसबाट आरोपीलाई लामो समयसम्म सोधपुछ गर्न अनुमति मिल्दछ ।

कार्लोसले भने आफूमाथि लगाइएका सबै आरोपहरुको खण्डन गर्दै आएका छन् । बुधबार मात्रै उनले ट्वीट गरेर आगामी हप्ता पत्रकार सम्मेलन गरी सबै कुराहरु सार्वजनिक गर्ने बताएका थिए । उनले भनेका छन्, ‘म हार मान्दिनँ, निर्दोष छु, मलाई लगाइएका आरोपहरु गलत छन् ।’

कार्लोस घोस फ्रान्सको अटो कम्पनी रेनोको पनि अध्यक्ष र कार्यकारी प्रमुख अधिकृत (सीईओ) थिए । कार्लोस जापानका टप सीईओहरुमध्ये एक हुन् ।

सन् १९९९ मा रेनोले निसानको शेयर खरिद गरेको थियो । त्यसपछि कार्लोस निसानसँग जोडिए र सन् २००१ मा सीईओ बन्न सफल भए । निसान कम्पनी धरासायी हुनबाट जोगाएको श्रेय कार्लोसलाई नै जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment