Comments Add Comment

अब कम्तिमा १० कित्ता सेयरमा आवेदन दिन पाइने

Photo Credit : फाइल फाेटाे

२७ चैत, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सार्वजनिक धितोपत्र (सेयर) निष्काशनमा न्युनतम् १० कित्ता आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

सार्वजनिक सेयर निष्कानमा कम्तिमा ५० कित्ता सेयर आवेदन दिनै पर्ने हालको व्ववस्थालाई शहटाउँदै बोर्डले न्युनतम् १० कित्तामा पनि आवेदन दिन पाउने व्यवस्था गरेको हो ।

विद्यार्थी तथा थोरै पुँजी भएका वर्गलाई पनि पुँजी बजारको पहुँचमा ल्याउने र यसलाई समावेशी बनाउ विद्यमान व्यवस्था परिवर्तन गरिएको बोर्डको भनाइ छ ।

यसले पुँजी बजारमा विद्यार्थीसहित स–साना पुँजी भएका वर्ग समेतको सहभागिता बढ्ने र यो बर्षको ‘एक नेपाली एक डिम्याट खाता’ अभियानमा समेत सहभागिता बढ्दै गएर पुँजी बजारको विकास तथा विस्तारमा थप टेवा पुग्ने बोर्डको अपेक्षा छ ।

नयाँ व्यवस्था तत्काल कार्यान्वयनमा ल्याउन सम्बन्धित सबै निष्काशन तथा विक्री प्रबन्धक मर्चेन्ट बैंकरहरुलाई परिपत्र समेत गरिएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए ।

१० कित्ता शेयर पाउने समावेशी वितरण प्रणाली र आश्वा व्यवस्था २०७३ साल देखि लागू भएयता पुँजी बजारमा काठमाडौंसहित देशैभर साना तथा आम लगानीकर्ताको सहभागिता पनि बढ्दै गएको बोर्डको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment