+
+
Shares

राजपाको महाधिबेशन सर्‍यो, अगामी बैठकले नयाँ मिति तय गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २८ गते १८:२९

२८ चैत, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको वैशाख ७-९ गतेका लागि घोषणा गरिएको महाधिबेशन सर्ने भएको छ । महाधिबेशनको आवश्यक तयारी पूरा नभएकाले तोकिएको मितिमा हुन नसक्ने ठहर राजपाले गरेको हो ।

महाधिबेशनको अर्काे मिति तय गर्न आगामी वैशाख ८ गते पदाधिकारीको बैठक बोलाउने निर्णय भएको छ ।

चैत २६ देखि २८ गतेसम्म बसेको राजपा अध्यक्ष मण्डलको बैठकले महाधिबेशन सार्ने निर्णय गरेको अध्यक्ष मण्डली संयोजक शरदसिंह भण्डारीले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले महाधिबेशनलाई सम्पन्न गर्नका लागि अध्यक्ष मण्डली संयोजक महन्थ ठाकुरको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?