Comments Add Comment

सडकमा बेसहारा, रोगी र बिरामी देख्नुभयो भने सूचना पाऊँ !

२८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैलाई पनि भोकै मर्न नदिने सरकारको योजना सफल भएको दाबी गरेका छन् । त्यतिमात्रै होइन, अब सडकहरुमा ‘लुम्रे झुम्रे’ मानिससमेत नभेटिने दाबी गरेका छन् र

बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रचनात्मकका साथ अगाडि बढ्ने र हरेक क्षेत्रमा परिर्वतन ल्याउने बताए । धनी र गरिबको ग्याप भनेर धेरै हल्ला भए पनि गरिबी निवरण आफ्नो प्राथमिकतामा भएको उनले बताए ।

उनले भने, ‘पहिले नै भनेको छु, नेपालमा कोही भोका मर्दैन । किनभने यो देशमा जनताको सरकार छ ।’ चीनको बाटो प्रयोग गरेर हिमाली भेगहरुमा खाद्यान्न पुर्‍याएर स्टक राखिएको र खाद्यान्न अभाव हुने ठाउँहरुमा पनि अभाव हुने दाबी गरे ।

उनले अब सडकमा बेवारिसे मान्छेहरु नेभेटिने दाबी परे । ‘अब तपाईंहरुले सडकको पेटीमा जि‌ङ्ग्रिङ्ग परेका मान्छेहरु देख्नुहुन’ ओलीले भने, ‘अस्तिसम्म देख्नुहुन्थ्यो । अहिले बाटामा देख्नुहुन्छ ? कहि देख्नुहुन्न । देख्नुभयो भने सूचना पाऊँ ।’

‘बाटामा कुनै नागरिक अलपत्रसँग जिङ्ग्रिङ्ग कपाल, फोहोर मैला भएर बस्दैनन् । बेसाहाराका लागि हामी छौं, सरकार छ । त्यसकारण कोही बेसाहारा हुँदैनन् ।’

नेपाल ‘भिख मगाह’को देश नभएको भन्दै बेसाहाराहरुको खोजी खोजी उद्दार गर्ने दाबी गरे । तपाईंहरु हिँड्दा पेटीको छेउमा कोही त्यस्तो लडेको, बेसाहारा, रोगी, बिरामी अवस्थामा देख्नुभयो भने प्रहरीलाई खबर गरे हुन्छ’ उनले भनेका छन्, ‘सरकारले बन्दोबस्त गर्छ । उठाएर लैजान्छ, उपचार गर्छ ।’

प्रधानमन्त्री ओलीले हरेक बालबालिकालाई स्कुल पुर्‍याउने र ड्रप आउट हुन नदिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment