+
+
Shares

सरकारका प्रवक्ताको स्पष्टिकरण : प्रधानमन्त्री निवास किनबेच भएको छैन

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २८ गते १८:०३

२८ चैत, काठमाडौं । सरकारले प्रधानमन्त्रीको निवास रहेको बालुवाटारस्थित जग्गा किनबेच नभएको स्पष्टिकरण दिएको छ ।

यद्यपि शारदाप्रसाद त्रिताल नेतृत्वको समितिको समितिको सिफारिसका आधारमा ललिता निवासको जग्गा किनबेचमा रोक लगाइएको सरकारका प्रवक्ता गोकुल बास्कोटाले बताए । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बास्कोटाले भने, ‘प्रम निवासको जग्गा किनबेच भएको छैन, जोडिएको ललिता निवासको कुरा हो ।’

सरकारी सम्पत्तिको रक्षा गर्नु सरकारको दायित्व भएको भन्दै उनले यसबारे थप छानविन गर्ने र दोषीलाई कारबाही गर्ने बताए । ‘दोषी देखिन्छ भने कोही पनि उम्कँदैन, यसमा सत्ता र प्रतिपक्षको प्रश्न हुँदैन’ मन्त्री बास्कोटाले भनेका छन् ।

अनुचित ढंगले व्यक्तिको नाममा लगिएको जग्गा सरकारको नाम ल्याइछाड्ने उनले बताए ।

विष्णु पौडेल ठगीमा पार्नुभयो, अपराधी होइन

ललिता निवासको जग्गा सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले समेत किनेको पाइएको छ ।

यसबारे के हुन्छ भनेर सोधिएको प्रश्नमा सरकारका प्रवक्ता बास्कोटाले भने, ‘नेकपाको महासचिवले यस विषयमा वक्तव्य जारी गरिसक्नुभएको छ । उहाँ फर्जी धन्दामा संलग्न भएको होइन । कसैको नाममा भइसकेको जग्गा किनेको हुँ भन्नुभएको छ ।’
उनले अगाडि भने, ‘उहाँले त ठगीमा पर्नुभयो, उहाँ अपराधी होइन ।’

नक्कली कागज बनाएर प्रारम्भिक तहमा जसको नाममा जग्गा आयो र जसले त्यसमा भूमिका खेले, उनीहरुमाथि कारबाही हुने उनले बताए । मन्त्री बास्कोटाले भने, उहाँ (पौडेल) त पीडित भइसक्नुभो । उहाँले जग्गा किन्नुभयो, जग्गा परेछ नक्कली ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?