Comments Add Comment

दिवंगत गोल्छालाई सम्झिएन महासंघले, चण्डीलाई सम्मान

२८ चैत, काठमाडौं । २ दिन अघि निधन भएका नेपालको प्रसिद्ध ब्यापारिक घराना गोल्छा अर्गनाइजेशनका मालिक तथा पूर्वसांसद दिवाकर गोल्छालाई नेपाल उद्योग वाणिज्य महासंघले सम्झन सकेन । आफ्नै संगठनका पूर्व उपाध्यक्ष गोल्छाको निधन हुँदा समेत महासंघले औपचारिक कार्यक्रममा सम्झन नसकेको हो ।

गोल्छाको निधन भएको २ दिन पछि बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको महासंघको ५३औं वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवशमा महासंघले गोल्छाको निधनप्रति दुःख व्यक्त गर्न सकेन ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा समारोहमा अनुपस्थित थिए । दिवाकरको निधनकै कारण समारोहमा वरिष्ठ उपाध्यक्ष शेखर आउन नसके पछि पुरस्कार वितरण शत्रको उद्घोषण गर्ने जिम्मेवारी उपाध्यक्ष उमेशलाल श्रेष्ठले पाएका थिए ।

महासंघले दिवाकरको निधनप्रति दुःख व्यक्त गर्न त परै जावोस् उपाध्यक्ष श्रेष्ठले वरिष्ठ उपाध्यक्ष शेखर पनि अस्वस्थ भएका कारण आउन नसकेको जानकारी दिए ।

६७ वर्षमा दिवंग भएका दिवाकरले गोल्छा अर्गनाइजेशनको औद्योगिकरणमा काका हुलासचन्द्र गोल्छालाई प्रेरित गरेका थिए । उनको अग्रसरतामा करिब २ दर्जन उद्योग स्थापना भएका छन् ।

हुलास वायर, हुलास खाद्यान्न, श्रीराम सुगर मिल, हुलास जस्तापाता जस्ता धेरै उद्योग गोल्छा अर्गनाइजेशनले चलाउँछ । महासंघमा उनको विशेष योगदान रहेको छ ।

कार्यक्रममा दिवंगत पूर्व उपाध्यक्षलाई सम्झन नसकेको महासंघले दुई पूर्व अध्यक्षहरुलाई भने सम्मान गरेको छ । महासंघले पूर्व अध्यक्षद्वय चण्डीराज ढकाल र महेशलाल प्रधानलाई सम्मान गरेको हो ।

कार्यक्रममा विभिन्न जिल्ला संगठनहरु तथा द्विदेशीय राष्ट्रिय संगठनहरुलाई समेत सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment