Comments Add Comment

आन्दोलनको रणनीति बनाउँदै चिकित्सक संघ

Photo Credit : फाइल तस्वीर

२८ चैत, काठमाडौं । चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले आकस्मिक बैठक बोलाएको छ ।

समायोजनप्रति असन्तुष्टि जनाएर आन्दोलित सरकारी चिकित्सकहरुको आन्दोलनमा नैतिक समर्थन जनाउँदै आएको संघले त्यसमाथि थप बल प्रयोग हुन थालेपछि त्यसबारे निर्णय गर्न बैठक बोलाएको हो ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले आन्दोलनललाई थप सशक्त बनाउनेबारे निर्णय लिन बिहीबार संघको बैठक बस्न लागेको जानकारी दिए ।

‘समायोजनसम्बन्धी सरकारी चिकित्सकले राखेको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहनेछ’, डा. श्रेष्ठले अनलाइनखबरसँग भने ।

सबै सरकारी चिकित्सकको समायोजन केन्द्रमा हुनुपर्ने मूल माग राखेर सरकारी चिकित्सक आन्दोलित छन् । उनीहरुले माग पूरा नगरेको भन्दै आकस्मिकबाहेकका सेवा अवरुद्ध गरेका छन् । तर, सरकार त्यसप्रति कडा रुपमा प्रस्तुत भएको छ । बुधबार सरकारले वीरलगायतका अस्पतालमा प्रहरीको सहयोग लिएर सेवा सञ्चालनको प्रयास गरेपछि चिकित्सकहरु अप्ठ्यारोमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment