+
+
Shares

‘ए मेरो हजुर ३’को शिर्ष गीतः अनमोलले गाउँदा झुमिन् सुहाना

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २८ गते १३:५२

भोली शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘ए मेरो हजुर ३’को शिर्ष गीत सार्वजनिक गरिएको छ । रिलिजको एक दिन अगाडि सार्वजनिक गरिएको भिडियोको मेकिङ उत्कृष्ट छ । प्रताप दासको स्वर, प्रतिक पौडेलको शब्द, प्रतिक पौडेल र पुष्पन प्रधानको संगीत रहेको यो गीतले चलचित्रका मुख्य दुई पात्र नायक अनमोल केसी र नायिका सुहाना थापाको भूमिका दर्शाउँछ ।

नायक अनमोल केसीले कन्सर्टमा गीत गाउँदा उनको फ्यान बनेर पुगेकी सुहाना थापाको उत्साहलाई गीतमा देखाइएको छ । गीतको भिडियोलाई निकै मिहिनेतका साथ खिचिएको प्रष्ट हुन्छ । संजय लामाको छायांकन रहेको यो चलचित्रमा दिर्घ खड्काको सम्पादन, हिमाल केसीको एक्सन रहेको चलचित्रमा कविराज गहतराज, रामजी लामिछाने, प्रविण सिंह र राहुल शाहको कोरियोग्राफी छ ।

चलचित्रमा छेतन गुरुङ, बाबुराम दाहाल, सुमन पौडेल र प्रतिक पौडेलको पटकथा तथा संवाद छ । झरना थापाले यो चलचित्रको निर्देेशन गरेकी हुन् । चलचित्रको बुकिङ मल्टिप्लेक्सले खुलाइसकेका छन् । यो गीतले पनि चलचित्रप्रति दर्शकको उत्साहलाई बढाउने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?