Comments Add Comment

धर्मनिरपेक्षता विरुद्ध आज राप्रपाको प्रदर्शन

६ वैशाख, काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले धर्मनिरपेक्षताविरुद्ध राजधानीमा प्रदर्शन गर्ने भएको छ । राप्रपाले शुक्रबार दिउँसो २ बजे रत्नपार्कमा धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै प्रदर्शन गर्न लागेको हो ।

राप्रपाले विरोध प्रदर्शनमा उपस्थित हुन आफ्ना सम्पूर्ण नेता तथा कार्यकर्तालाई उर्दी जारी गरेको छ ।

राप्रपाका अध्यक्ष कमल थापाले विदेशीको दबाव र प्रभावमा धर्मनिरपेक्षताको व्यवस्था गरिएकाले त्यसको खारेजीका लागि दबाव दिन आज प्रदर्शन गर्न लागेको बताएका छन् ।

उनले एक ट्वीट गर्दै घरमा जपेर हिन्दु राष्ट्र नआउने भएकाले सडकमा ओर्लन सबैलाई अपिल गरेका छन् ।

‘घर बसेर, माला जपेर हिन्दुराष्ट्र आउंदैन’, थापाले ट्वीटरमा लेखेका छन्, ‘सडकमा उत्रिए हिन्दुराष्ट्र बनाउन धेरै दिन लाग्दैन ।’

धर्मनिरपेक्षता र गणतन्त्रबारे राप्रपाको सुरुदेखि नै फरक मत छ । यद्यपि, थापा नेतृत्वको राप्रपा पछिल्ला परिवर्तनका एजेन्डा संस्थागत गर्न बनेका सरकारमा भने  सहभागी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment