Comments Add Comment

नेपाल यू-१९ विश्वकपमा छनोट हुन असफल

५ वैशाख, काठमाडौं । नेपालले २०२० को यू-१९ विश्वकप क्रिकेट गुमाएको छ । मलेसियामा बिहीबार सम्पन्न छनोट प्रतियोगितामा वषर्ाले प्रभावित खेलमा यूएईसँग व्यहोरेको एक रनको हार नेपाललाई घातक बन्यो ।

प्रतियोगिताको आफ्नो अन्तिम खेलमा नेपालले कुवेतलाई ८ विकेटले हराएको छ ।

तर, अको खेलमा ओमानमाथि १० विकेटको शानदार जित हात पार्दै यूएई शीर्ष स्थानमा रहृयो । ५ खेलबाट १० अंक जोडेको यूएई विश्वकपमा छनोट भयो ।

सन् २००० मा पहिलो पटक यू-१९ विश्वकप खेलेको नेपालले २०१८ को विश्वकप पनि गुमाएको थियो । यो पटक रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाललाई बलियो दोबदार मानिएको थियो तर, वर्षा बाधक बन्यो ।

दोस्रो स्थानमा रहृयो नेपाल

आफ्नो अन्तिम खेलमा कुवेतले दिएको १५८ रनको लक्ष्य नेपालले २८ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो ।

ओपनर ऋत गौतम र पवन शरार्फले राम्रो सुरुवात दिलाए । गौतमसँग ९३ रनको साझेदारी गरेका पवन ५३ रनमा आउट भए । दोस्रो विकेटका लागि आशिफ शेखसँग ४७ रनको साझेदारी गरेका गौतम व्यक्तिगत ६३ रनमा आउट भए ।
शेख ३३ रनमा अविजित रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले अन्तिम दुई बल बाँकी छँदा सबै विकेट गुमाएर १५७ रन बनाएको थियो । उसका लागि नोमान बुद्रो एक्लैले ७० रन बनाए ।

खराब सुरुवात गरेको कुवेतले १२ रन जोड्दा २ विकेट गुमाइसकेको थियो तर, चौथो नम्बरमा आएका नोमानले तेस्रो विकेटका लागि गोलुक कुमारसँग ७४ रनको साझेदारी गरे । यो साझेदारी टुटेपछि कुवेतले लगातार विकेट गुमायो ।

सातौं विकेटका लागि हमौद अमानुल्लाहले नोमानसँग ३० रनको साझेदारी गरे । कुवेतको एउटा एण्ड सम्हालेका नोमान उनी अन्तिम विकेटका रुपमा आउट हुनुअघि १२० बलको सामना गरे । उनले ८ चौका हानेका थिए ।

नेपालका कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट बलिङ गरे । ३ ओभर बलिङ गरेका उनले मात्र १३ रन खर्चिएर ३ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment