+
+
Shares

ट्राफिक प्रहरी जवान र हवल्दारलाई ४० प्रतिशत प्रोत्साहन भत्ता

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ५ गते १७:१३

५ वैशाख, काठमाडौं । सरकारले ट्राफिक प्रहरी अधिकारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ताको व्यवस्था गरिएको जानकारी दिए ।

भत्ताको व्यवस्थासहित ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका, २०७५ स्वीकृत भएको हो । निर्देशिका अनुसार ट्राफिक प्रहरीमा कार्यरत सिपाही र हवल्दारले ४० प्रतिशत भत्ता पाउनेछन् ।

प्रहरी नायब निरीक्षक (सई) र प्रहरी सहायक निरीक्षक (असई) ले २० प्रतिशत भत्ता पाउने छन् भने प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी नायब उपरीक्षक (डीएसपी) ले १० प्रतिशत भत्ता पाउनेछन् ।

उनीहरुले आफ्नो न्यूनतम तलब अनुसार भत्ता पाउने गृह मन्त्रालयका एक अधिकारीले बताए । धुँलो, धुँवा र अन्य कार्यालयमा भन्दा  बढी समय सेवामा खटिनु पर्ने भएकाले भत्ताको ट्राफिक प्रहरीलाई भत्ता व्यवस्था गरिएको ती अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?