News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिगको तेस्रो सिजनका लागि श्रीलंकन पेस बलिङ अलराउण्डर चमिका करुणारत्नेलाई अनुबन्ध गरेको छ ।
- करुणारत्नेको आगमनसँगै पोखराको पेस बलिङ विभाग बलियो बनेको छ, र आकाश चन्द तथा धनञ्जय लक्षणले मिडियम पेसमा साथ दिनेछन् ।
- पोखराले यसअघि अजन्था मेन्डिसलाई मुख्य प्रशिक्षक र शकिब अल हसन तथा धनञ्जय लक्षणलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ ।
१ कात्तिक, काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि श्रीलंकन क्रिकेटर चमिका करुणारत्नेलाई अनुबन्ध गरेको छ ।
श्रीलंकन पेस बलिङ अलराउण्डरलाई पोखराले तेस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । ३० वर्षीय करुणारत्नेले श्रीलंकाको लागि १ टेष्ट, २६ ओडिआई र ४६ टी२० आई खेल खेलेका छन् ।
उनले सबैखाले टी२० मा गरि १५० खेल खेल्दै १०१ विकेट लिएका छन् । उनले केही समयअघि जापानमा भएको २०औं एसियन गेम्स पनि खेलेका थिए ।
उनले लंका प्रिमियर लिगमा चार फरक टोलीबाट खेलिसकेका छन् । उनी सन् २०२२ मा ईन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकता नाईट राईडर्समा अनुबन्ध भएका थिए ।
एनपीएलको तेस्रो संस्करणको तयारी गरिरहेको पोखरा एभेन्जर्सले यस सिजन मुख्य प्रशिक्षकमा श्रीलंकन पूर्व स्टार स्पीनर अजन्था मेन्डिस र विदेशी खेलाडीमा बंगलादेशी चर्चित अलराउण्डर शकिब अल हशन र श्रीलंकाका अलराउन्डर धनञ्जय लक्षणलाई अनुबन्ध गरिसकेको छ ।
शकिब पहिलो पटक एनपीएलमा अनुबन्ध भएका हसन् धनन्जय लक्षण भने लगातार दोस्रो सिजन टोलीमा निरन्तरता पाएका छन् ।
करुणारत्नेको अजुबन्धपछि पोखराको पेस बलिङ डिपार्टमेन्ट बलियो बनेको छ । नेपालका मिडियम पेसर आकाश चन्दसँगै धनन्जय लक्षणले पनि मिडियम पेस बलिङमा साथ दिनेछन् ।
पोखराको क्रिकेट एम्बासडरमा भारतका पूर्व खेलाडी तथा टी२० विश्वविजेता इरफान पठान नियुक्त भइसकेका छन् ।
पोखराले मार्की खेलाडी कुशल भुर्तेलसहित सागर ढकाल, अर्जुन कुमाल, विपिन खत्री, आकाश चन्द, किरण ठगुन्ना र दिनेश खरेललाई निरन्तरता दिएको छ । यस्तै अक्सनमार्फत अर्जुन घर्ती मगर, विवेक रानामगर, सुदीप अर्याल, सन्नी बीके, विपिन आचार्य र प्रतीक पोखरेललाई टोलीमा आबद्ध गरेको छ ।
स्थानीय प्रतिभाको पहिचानदेखि अनुभवी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको संयोजनसम्मलाई प्राथमिकता दिँदै पोखरा एभेन्जर्सले एनपीएलको तेस्रो संस्करणका लागि बलियो टोली निर्माण गर्दै उपाधि जित्ने लक्ष्य लिएको छ ।
प्रतिक्रिया 4