Comments Add Comment

अमिताभको फिल्मको रिमेकमा अक्षय

बलिउडमा नायक अक्षय कुमार अभिनित चलचित्र एक बर्षकै ४–५ वटा रिलिज हुन्छन् । अक्षयले बक्स अफिसमा असफल चलचित्र पछिल्लो समयमा दिएका पनि छैनन् । हाल अक्षय कुमार चलचित्र ‘गुड न्युज’को छायांकनमा व्यस्त छन् । यस चलचित्र पश्चात अक्षयले ‘सुर्यवंशी’को छायांकन सुरु गर्नेछन् ।

यस्तैमा, अक्षय कुमारले नयाँ चलचित्रमा काम गर्ने समाचार बाहिरिएको छ । बलिउडका मिडियालाई आधार मान्ने हो भने उनले नायक अभिताभ बच्चन अभिनित चलचित्र ‘सत्ते के सत्ता’को रिमेकमा काम गर्न तयार भएका छन् । सन् १९८२ मा रिलिज भएको ’सत्ते के सत्ता’ पनि हलिउड चलचित्र ‘सेभेन ब्राइड्स फर सेभेन ब्रदर्स’को रिमेक चलचित्र हो ।

‘सत्ते के सत्ता’को रिमेकलाई करियोग्राफर तथा निर्देशक फराह खानले निर्देशन गर्ने छन् । यो चलचित्रमा रोहित सेट्ठीले लगानी गर्ने छन् । यो चलचित्रमा सात भाईहरुको कथा प्रस्तुत गरिने छ । खबरका अनुसार यो चलचित्रलाई लिएर अक्षय निकै उत्साहित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment