Comments Add Comment

आइफोनको बिक्री ढाँटेको भन्दै एप्पलविरुद्ध मुद्दा

आइफोन निर्माता कम्पनी एप्पलमाथि बिक्रीमा आएको गिरावटको यथार्थ लुकाएर गलत जानकारी प्रवाह गरेको अभियोगमा मुद्दा परेको छ ।

अमेरिकाको रोजभिल्ले सिटीस्थित कर्मचारी अवकास कोषले एप्पलविरुद्ध अमेरिकी सुरक्षण विनिमय ऐनको उल्लंघन गरेको आरोप लगाउँदै मुद्दा हालेको हो ।

एप्पलले आइफोनको मागमा भैरहेको गिरावटलाई लुकाएको दाबी गर्दै उसले नर्दन क्यालिफोर्निया जिल्ला अदालतमा मंगलबार मुद्दा दायर गरेको हो ।

आइफोनको बिक्रीमा कमी आएको विषय एप्पललाई गत नोभेम्बरमै जानकारीमा आएको भए पनि त्यसलाई लुकाएर राख्दा लगानीकर्ताहरुले आर्थिक नोक्सानी बेहोर्नु परेको दाबी मुद्दामा गरिएको छ ।

एप्पलको लापरवाहीका कारण सन् २०१८ को नोभेम्बर २ देखि गत जनवरी २ सम्म कम्पनीको शेयर खरीद गरेका मानिसहरुलाई घाटा भएको भन्दै उनीहरुलाई क्षतिपूर्ति दिलाउने गरी फैसला गर्न जुरी गठन गर्न समेत निवेदकले माग गरेका छन् ।

एप्पललाई आगामी दिनमा आइफोनको बिक्री झनै कम हुने जानकारी हुँदाहुँदै पनि गत नोभेम्बरमा गलत सूचना प्रवाह गरेको र विदाको सिजनमा आइफोनको बिक्रीदर सबैभन्दा उच्च हुने गलत प्रक्षेपण सार्वजनिक गरेको थियो । जसका कारण एप्पलको शेयरमा कृत्रिम रुपमा अस्वभाविक रुपमा वृद्धि भएको थियो ।

चीन र अमेरिकाबीचको व्यापार युद्धले एप्पलालई पनि असर गरेको र त्यसको जानकारी एप्पल कम्पनी र सिइओ टिम कुकुलाई हुँदाहुँदै त्यसको यथार्थ जानकारी लगानीकर्तालाई नगराएको आरोप निवेदकको छ । बल्ल जनवरीमा आएर मात्रै एप्पलले सन् २०१८ को अन्तिम त्रैमासिकमा भएको आफ्ना प्रडक्टको बिक्री तथा आम्दानीको यथार्थ विवरण सार्वजनिक गरेको थियो । जसमा उक्त त्रैमासिक अवधिमा यसअघि दाबी गरिएको भन्दा १० अर्ब डलर कम आम्दानी भएको देखिएको थियो । एप्पलको यस रिपोर्टका कारण एप्पलको शेयर मूल्यमा प्रतिशेयर १५ डलर सम्मले गिरावट आएको थियो । त्यो गिरावट भनेको ९ प्रतिशत हो । शेयर मूल्यमा एकाएक गिरावट हुँदा लगानीकर्ताले ठूलो रकम गुमाउनु पर्यो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment