+
+
Shares

१५ औं महाधिवेशनका लागि भन्दै देउवा समूहले खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित)

पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठन गरेको १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिले शनिबार केन्द्रीय प्रतिनिधिहरू खटाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २७ गते १७:०३

२७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षधरले १५ औं महाधिवेशनका लागि जिल्ला-जिल्लामा प्रतिनिधिहरू पठाएको छ ।

देउवा समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठन गरेको १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिले शनिबार केन्द्रीय प्रतिनिधिहरू खटाएको हो ।

जिल्लादेखि वडासम्मका विभिन्न ६ वटै तहका अधिवेशनका लागि ३ असोज भित्र तयारी समितिहरू गठन गर्ने गरी केन्द्रीय प्रतिनिधिहरू खटाइएको सचिवालय समन्वय समिति संयोजक दीपकप्रसाद कुइँकेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘केन्द्रीय कार्यसमितिको आधिकारितासम्बन्धी विवाद सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा कथित विशेष महाधिवेशन पक्षले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी अधिवेशनको गतिविधि गर्न लागेकोले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नेपाली कांग्रेसको १५ औं महाधिवेशन गर्नुपर्ने वैधानिक दायित्व भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिनिधिहरूको सूची :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?