+
+
Shares

कांग्रेसको जिल्ला र प्रदेश अधिवेशन केन्द्रीय महाधिवेशनपछि

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २३ गते १७:०५

२३ भदौ, काठमाडौं । नेपाली कांग्रेसले जिल्ला र प्रदेशको अधिवेशन केन्द्रीय महाधिवेशन सकिएपछि गर्ने भएको छ ।

निर्वाचन समितिको मंगलबार बसेको बैठकले जिल्ला र प्रदेश अधिवेशनको मिति नतोकेरै तल्लो तहका अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ ।

महामन्त्री गुरुराज घिमिरेले केन्द्रीय महाधिवेशन सार्ने सुविधा पार्टीलाई नरहेको दाबी गर्दै कार्यतालिका परिमार्जन भएको बताए ।

‘हामीलाई महाधिवेशन गर्नका लागि फराकिलो समय छैन । १५ औं महाधिवेशन सार्न पाउने सुुविधा पनि हामीलाई छैन,’ उनले भने, ‘जिल्ला र प्रदेशको अधिवेशन पछि गर्ने सुविधा भने हामीलाई छ ।’

परिमार्जित कार्यतालिका अनुसार जिल्ला र प्रदेशबाहेक पार्टी संरचनाका चार तहका अधिवेशन हुने भनिएको छ । वडा अधिवेशन असोज ३ र ४, गाउँ–नगर असोज ७, प्रदेश सभा क्षेत्र र प्रतिनिधिसभा क्षेत्रको अधिवेशन असोज १० गते हुनेगरी कार्यतालिका सार्वजनिक गरिएको छ ।

केन्द्रीय महाधिवेशनको मिति भने हेरफेर गरिएको छैन । जसमा असोज १७ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशनको मिति यथावत राखिएको छ ।

बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाको हकमा भने ती जिल्लामा तोकिएको निर्वाचन अधिकृतले पार्टीको स्थानीय तहसँगको समन्वयमा अधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?