Comments Add Comment

यू–१९ महिला च्याम्पियनसिपको छनोटबाट नेपाल बाहिरियो

Photo Credit : फाइल तस्वीर

१५ वैशाख, काठमाडौं । नेपाल एएफसी यू–१९ महिला च्याम्पियनसिपको दोस्रो चरणबाट बाहिरिएको छ ।

म्यानमारमा जारी च्याम्पियनसिपको दोस्रो चरणको खेलमा नेपाल उब्जेकिस्तानसँग फराकिलो अन्तरले पराजित भएसँगै छनोट चरणबाटै नेपाल एक खेलअघि नै बाहिरिएको हो । नेपाल उब्जेकिस्तानसँग ४–० गोलअन्तरले पराजित भएको हो ।

पहिलो हाफमा एक गोल खाएको खाएको थियो । दोस्रो हाफमा नेपाललाई खेलमा फर्किने मौका थियो । तर कमजोर डिफेन्सको फाइदा उठाउँदै उब्जेकिस्तानले थप तीन गोल गरेपछि नेपाल स्तब्ध बनेको हो ।

यसअघि नेपाल अष्ट्रेलियासँग ११–१ गोलको फराकिलो अन्तरले पराजित भएको थियो । लगातार दुई खेलमा हार ब्यहोरेको नेपालको अर्को चरणमा पुग्ने सम्भावना पनि सकेको छ । अब नेपालले अन्तिम खेलमा ३० अप्रिलमा आयोजक म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment