Comments Add Comment

सन्दीपको टिम दिल्लीले बेंग्लोरसँग खेल्दै

Photo Credit : आईपीएल

१५ वैशाख, काठमाडौं । सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्सले आज आफ्नो १२औं खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरसँग प्रतिस्पर्धा गर्दैछ ।

आफ्नै घरेलु मैदान कोट्लामा हुने खेलमा दिल्ली स्पष्ट जित हात पार्दै प्लेआफमा पुग्ने आफ्नो सम्भावनालाई बलियो बनाउन चाहन्छ । दिल्ली अहिले लिगको तेस्रो स्थानमा छ । ११ खेल खेलेको दिल्लीले सात खेलमा जित र चार खेलमा हार ब्यहोर्दै १४ अंक बनाएको छ ।

दिउँसो चार बजेर १५ मिनेटमा सुरु हुने खेलमा बेंग्लोरलाई पराजित गरे दिल्ली लिगको शीर्ष स्थानमा उक्लिने छ भने प्लेअफमा पुग्ने सम्भावना झनै बलियो बन्नेछ । किनभने दिल्लीले बेंग्लोरपछि दुई खेल खेल्नेछ ।

यता, प्लेअफमा पुग्ने आफ्नो अंक गणितीय सम्भावना मात्रै कायम रहेको बेंग्लोर पनि दिल्लीलाई पराजित गर्दै झिनो आशालाई कायमै राख्ने दाउँमा छ । लिगको पुछारमा रहेको बेंग्लोरले ११ खेलमध्ये ७ खेलमा हार ब्यहोरको छ भने चार खेलमा मात्रै जित हात पारेको छ ।

प्लेइङ सेटमा पर्लान् सन्दीप ?

नेपालका लेग स्पिनर सन्दीप लामिछानेले रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध खेल्ने सम्भावना निकै रहेको छ । दिल्लीको पिच स्पिनरलाई फलदायी हुने पिच हो । यसअघिका खेलहरुमा पनि सन्दीप घरेलु मैदानमा पर्दै आएका छन् ।

सन्दीपले जारी आईपीएलमा ५ खेल मात्रै खेल्न पाएका छन् । थोरै खेल खेलेपनि उनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् भने ८ विकेट लिइ सकेका छन् ।

पछिल्लो पटक उनले किंग्स इलाभेन पञ्जाबविरुद्धको खेलमा खेलेका थिए । जुन खेलमा उनले तीन विकेट लिन सफल पनि भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment