+
+

पूजाको जन्मदिनमा सुदर्शनको ‘चिट मिल’

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १८ गते १२:५३

नायिका पूजा शर्माले मंगलबार जन्मदिन धुमधामसँग मनाइन् । फ्यान, मिडिया र चलचित्रकर्मीसँग उनले जन्मदिन मनाएकी थिइन् । पूजाको जन्मदिनको अवसर पारेर निर्देशक सुदर्शन थापाले काठमाण्डौको दरबारमार्गमा नयाँ रेष्टुरेन्ट संचालनमा ल्याएका छन् ।

थापाले पूजाको जन्मदिनमा केक काट्दै रेष्टुरेन्टको सुरुवात भएको जानकारी दिए । ‘चिट मिल’ नाम दिएर रेष्टुरेन्ट संचालनमा ल्याएका सुदर्शनले भने–‘हामीले पूजाको जन्मदिनबाटै औपचारिक रुपमा यसको सुरुवात गरेका छौ । यहाँ सबै खालका खानेकुरा पाइन्छ ।’

नविल बैंक जाने बाटोमा रहेको यो रेष्टुरेन्टमा सुदर्शनसँगै कलाकार राज कटुवाल र अभिषेस शाहको लगानी छ । थापाले निर्देशन गरेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ रिलिजको तयारीमा छ । उनका अनुसार, साउन र भदौको कुनै एक मितिमा यो चलचित्र रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?