Comments Add Comment

हैदरावाद बैंग्लोरसँग हार्‍यो, प्लेअफको सम्भावना कठिन

२२ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा बेंग्लोरले हैदरावादलाई चार विकेटले पराजित गरेको हो ।

१७६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बेंग्लोरले १९.२ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । बेंग्लोरको जितमा सिमरोन हेटिमरले र गुरकित सिंहले उत्कृष्ट प्रदर्शन गरे । हेटिमरले ७५ र सिंहले ६५ रनको योगदान दिएपछि जित सम्भव भएको हो ।

बलिङतर्फ हैदरावादका खलिल अहमदले तीन विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा सात विकेटको क्षतिमा १७५ रन बनाएको थियो । कप्तान केन विलियम्सनले उत्कृष्ट प्रदर्शन गर्दै ७० रन बनाएको थियो । कप्तान केनले ४३ बलमा पाँच चौथा र चार छक्का प्रहार गरेका थिए ।

हारपछि हैदरावादको १४ खेलबाट १२ अंक भएको छ । यता, यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको बेंग्लोरको १४ खेलबाट ११ अंक भएको छ ।

लिग चरणको अन्तिम खेलमा पराजित भएसँगै हैदरावादको प्लेअफमा पुग्ने अवस्था कठिन बनेको छ । अब हैदरावाद प्लेअफमा पुग्नका लागि कोलकाता नाइट राइडर्स पराजित हुनु पर्छ । यता, कोलकाता प्लेअफमा पुग्नका लागि पनि अन्तिम खेलमा उसलाई जित्नै पर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment