Comments Add Comment

चीनमा खुल्यो ‘घाइते मुटुहरु’को संग्राहलय

दुनियामा केही मानिसहरु यस्ता हुन्छन् जसले अरु मानिसहरुले भन्दा फरक गरेर नाम र दाम कमाउन सफल हुन्छन् ।

चीनमा एकजना युवतीले यस्तै अनौठो र फरक काम गरेकी छिन् । २५ वर्षकी लियू यानले एउटा अनौठो म्युजियम खोलेकी छिन् । उक्त म्यूजियम घाइते मुटुहरुको संग्राहलय हो ।

उक्त संग्राहलयमा प्रेमी प्रेमिकाहरु सँग सम्बन्धित अनौठा सरसामानहरु देख्न पाइन्छ । उक्त संग्राहलयको नाम म्युजियम अफ ब्रोकन रिलेसनशीप अर्थात् टुटेको सम्बन्धको संग्राहलय हो ।

हेइलोंगजियांग प्रान्तस्थित हार्बिन सहरमा रहेको छ यो संग्राहलय । यो म्युजियम खुलेको २ हप्तामात्र हुन लागेको छ । तर सुरुवातमै यो यति हिट भएकेा छ कि अहिलेसम्म १५ हजार भन्दा धेरै जनाले त्यहाँको भ्रमण गरिसकेका छन् ।

यो म्युजियममा यस्ता सामानहरु राखिएका छन् जुन कुनै प्रेमजोडीहरुले प्रेम सम्बन्ध टुटिसकेपछि पनि जिवनभर चिनोको रुपमा राख्ने गर्दछन् । अर्थात् घाइते मुटुका नासोहरु त्यहाँ देख्न पाइन्छ ।

यो म्युजियम खोल्नुअघि उनले सोसल मिडियामार्फत एक पोष्ट गर्दै मानिसहरुसँग आफ्नो ब्रेकअप सँग सम्बन्धित सामानहरु आफुलाई दिनका लागि अपिल गरेकी थिइन् । ता कि त्यस्ता सामानहरु हेर्नका लागि मानिसहरु म्युजियम सम्म आउन् र आफ्नो पूरानो प्रेमको यादलाई पुनर्ताजगी गर्न सकून् ।

सोसल मिडियाको पोष्टसँगै उनलाई दुनियाभरबाट हजारौँ कल आए । त्यस्तै ५० भन्दा धेरै मानिसले उनलाई १ सय भन्दा धेरै सामानहरु प्रदान गरे ।

उक्त म्युजियममा जोडीहरुले डेटिंगका क्रममा काटेका रेल टिकट देखि लिएर प्रेमपत्रहरु समेत रहेका छन् । त्यस्ता उपहारका जुत्ता, किप्याड मोबाइल देखि विवाहको ड्रेस पनि रहेका छन् ।

उनका अनुसार म्युजियममा राखिएका हरेक सामानहरुसँग एउटा न एउटा प्रेमकथा जोडिएको छ । कतिपय प्रेमकथाहरु वियोगान्त तथा दर्दनाक पनि छन् र कथा थाहा पाउँदा आगन्तुकहरुको आँखाबाट आँशु आउने गर्दछ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment