
Photo Credit : शैलेश कोइरालाको फेसबुकबाट
२६ वैशाख, काठमाडौं । काठमाडौंको बौद्ध–जोरपाटी सडकखण्डको मर्मत सम्भार नगरेको भन्दै स्थानीय आन्दोलित बनेका छन् । चार वर्षदेखि सडकखण्डको कामलाई अलपत्र छाडेको बताउँदै उनीहरुले बिहीबार प्रदर्शन गरेका हुन् ।
बौद्धवासीले विरोधमा बजार समेत बन्द गराएका छन् भने प्रदर्शनका क्रममा स्थानीय र प्रहरीबीच घम्साघम्सी समेत भएको छ । उनीहरुले बिहान शंख बजार सरकारको सांकेतिक विरोध गर्दै सडक अबरूद्ध पारेका थिए ।
कालोपत्रे छिटो गर ! ठेकदारलाई कारवाही गर !
प्रदर्शनकारीले सडकमा टायर समेत बालेका थिए । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तम सुवेदीले अहिले स्थिति नियन्त्रणमा आइसकेको बताए ।
उनले अनलाइनखबरसँग भने, ‘अहिले स्थिति सामान्य भइसकेको छ ।’
तस्वीरहरू ः निश्चल बास्कोटाको फेसबुकबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4