Comments Add Comment

सलमानको ‘दबंग ३’मा साहरुखको केमियो

बलिउडमा पछिल्लो समय नायक साहरुख खान र सलमान खानको मित्रता गज्जबको छ । यी दुइको मित्रतामा डाहा गर्नेहरु पनि धेरै छन् । कुनै समयका प्रतिस्पर्धी यी दुई अहिले एक अर्काको चलचित्रलाई प्रमोट मात्र होइन, दुइको चलचित्रमा केमियो भूमिका गर्न पनि तम्तयार हुन्छन् ।

नायक सलमान खानको ‘ट्यूबलाइट’मा साहरुख केमियो भूमिकामा देखिदा साहरुखको ‘जिरो’ चलचित्रमा सलमान केमियो भूमिकामा देखिए । यस्तैमा, हाल छायांकनमा रहेको चलचित्र ‘दबंग ३’मा पनि नायक साहरुख खान पनि देखिने भएका छन् ।

भारतीय मिडियाले ‘दबंग ३’मा साहरुखको केमियो रहेको खबर सार्वजनिक गरिरहेका छन् । तर, यो बिषयमा यी दुबै नायकले केही पनि बोलेका छैनन् । अहिले सलमान नयाँ चलचित्र ‘भारत’को रिलिज पर्खाईमा छन् भने ‘जिरो’पछि शाहरुखले कुनै पनि नयाँ चलचित्रमा काम गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment