+
+
Shares

तस्बिरमा हेर्नुहोस् रेनशा र प्रज्ज्वलको बिहे

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २४ गते १५:४४

कोरियोग्राफर तथा निर्देशक रेनशा वान्तवा राई र चलचित्र निर्माता प्रज्ज्वल शमशेर जबराले परम्पराअनुसार आज बिहे गरेका छन् । रेनशालाई लिनका लागि प्रज्ज्वल काठमाण्डौको एक पार्टी प्यालेसमा पुगेका थिए । रेनशा र प्रज्ज्वलको बिहेमा नायिका सुष्मा कार्की उपस्थित थिइन् । नायिका सुष्मा कार्की पारिवारिक सम्बन्धका कारण बिहेमा उपस्थित भएकी हुन् ।

आफन्तहरुको उपस्थितीमा दुई परम्पराअनुसार बिहे भएको थियो । अनलाइनखबरसँग छोटो कुराकानी गर्दै रेनशाले भनिन्–‘हाम्रो बिहे राई र हिन्दु परम्पराअनुसार भएको हो ।’ सुरुमा राइ परम्पराअनुसार बिहे भएको थियो भने पछि हिन्दु परम्परा अनुसार प्रज्ज्वलले रेनशाको सिउँदोमा सिन्दुर भरेका थिए ।

केही दिन अगाडि यो जोडीले इन्गेजमेन्ट गरेको थियो । रेनशा र प्रज्ज्वल लामो समयदेखि प्रेम सम्बन्धमा थिए । उनीहरुले वैशाख २७ गते काठमाण्डौको एक पाँचतारे होटलमा भव्य पार्टीको आयोजना समेत गरेका छन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?