+
+
Shares

प्रेसले न्यायालयलाई प्रभावित पारिरहेको छ : महान्यायाधिवक्ता खरेल

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २६ गते १४:१७

२६ वैशाख, काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले न्यायालयलाई प्रभावित पार्ने गरी आमसञ्चार क्षेत्र अघि बढेको आरोप लगाएका छन् ।

नेपाल पत्रकार महासंघ ललितपुर शाखाले बिहीबार गरेको ‘पत्रकार आचारसंहिता तथा भाषा प्रशिक्षण’ कार्यक्रममा उनले आमसञ्चार माध्यमले न्यायालयको स्वतन्त्रताको सम्मान गर्नुपर्ने बताए ।

‘न्यायालयलाई प्रभाव पार्नेतिर पत्रकारिता गइरहेको विश्वास गर्छु’ उनले अगाडि भने, ‘प्रेस स्वतन्त्रताको कुरा गरिरहँदा न्यायालयको स्वतन्त्रतालाई ख्याल गर्नु पर्छ कि पर्दैन ?’
प्रकाशन स्वतन्त्रता, नागरिक स्वतन्त्रता संवैधानिक अधिकार भए पनि यसको कार्यान्वयन कसरी भइरहेको छ भन्नेतर्फ ख्याल गर्नुपर्ने अवस्था आएको महान्यायाधीवक्ता खरेलको भनाइ छ ।

अपराधसम्बन्धी मुद्दामा अदालतले सांकेतिक नाम प्रयोग गरेर व्यक्तिको गोपनीयताको सम्मान गरे पनि पत्रकारले आशंकाकै भरमा व्यक्तिको नाम लेखिदिने गर्दा अनुसन्धानमै असर पर्ने गरेको खरेलले बताए । ‘प्रमाणित नभई अपराधमा मुछिएका व्यक्तिको नाम सार्वजनिक नगर्दा के हुन्छ ?’ उनले प्रश्न गरे ।

महान्यायधिवक्ता खरेलले विभत्स तस्वीर प्रकाशन नगर्नसमेत सुझाव दिए । प्रहरीको अनुसन्धान र न्यायालयलाई प्रभावित नगर्न आमसञ्चार क्षेत्रले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल गर्नुपर्ने उनले बताए ।

प्रेस काउसिन्ल नेपालका अध्यक्ष किशोर श्रेष्ठले सञ्चार क्षेत्रको विकाससँगै बेतिथि पनि बढेको बताए । बेतिथि बढेकै कारण सरकारले कडा कानुन बनाउँदै गएको आफूलाई लागेको अध्यक्ष श्रेष्ठको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?